सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन

काठमाडौं। गणतन्त्रको पक्षमा नेकपा एमाले मकवानपुरले हेटौँडामा प्रदर्शन गरेको छ । सोमबार एमाले मकवानपुरले हेटौँडामा र्‍यालीसहित सिमाचोमा जागरण सभा गरेको हो ।

हेटौँडाको चार दिशाबाट र्‍याली निकालेर एमाले सिमाचोकमा नेता तथा कार्यकर्तासहित सभा आयोजना गरेको हो । एमालेले हेटौँडाको पूर्वमा सानो पोखरा, पश्चिममा हेटौँडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट र्‍याली निकालेको थियो ।

बजार परिक्रमासहित सिमाचोमा पुगेको र्‍याली सभामा परिणत भएको थियो । उक्त सभालाई एमालेका केन्द्रीय स्तरका नेताहरू सम्बोधन गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »