कोहलपुर,
कोहलपुर नगरपालिका वडा नं १४ चित्रानगरमा आज राहत वितरण गरिएको छ । कोहलपुर नगरपालिका वडा नं १४ का समाजसेवी तथा स्थानियवासी बबिता शाही ठकुरीले व्यक्तिगत लगानीमा अतिविपन्न परिवारलाई राहत वितरण गरेका हुन् ।
![](https://i0.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/04/92782549_230821084942463_8422209972992999424_n.jpg?fit=683%2C1024&ssl=1)
विश्वभर कोरोना भाइरसको कहर चलिरहँदा नेपाल सरकारले पनि लकडाउन लागु गरि कोरोना भाइरसको रोकथाम तथा बाँच्ने उपाय र यसको प्रयास गरिरहेको छ ।
लकडाउनको कारण अति विपन्न परिवारलाई दैनिक खानपिनमा समस्या देखा परेपछि समाजसेवी शाहीले राहत वितरण गर्नुभएको छ । लकडाउन घोषणा भएको १९ औं दिनमा अति विपन्न परिवार तथा आफ्नो घर जान नपाएका परिवार झनै पिडामा परेका छन् ।
![](https://i0.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/04/92992760_839372659904786_8523904005309464576_n.jpg?fit=1024%2C683&ssl=1)
अति गरिव विपन्न परिवार तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई समाजसेवी बविता शाही ठकुरीले राहत स्वरुप १० किलो चामल, १ लिटर तेल, एक किलो नुन, माक्स, सावुन र १ किलो दाल वितरण गरेका हुन् ।
![](https://i0.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/04/92947275_3216859521671042_5308174313331884032_n.jpg?fit=683%2C1024&ssl=1)
चिप्रानगरका १८ परिवारलाई व्यक्तिगत लगानीमा राहत वितरण गरेको समाजसेवी बविताले जानकारी गराउनुभयो ।
विपदको बेला समस्यामा परेका व्यक्तिको सहयोग गर्न पाउदा आफु हर्षित भएको समेत उहाँले जानकारी गराउनुभयो ।