सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तीनकुने घटनामा एनी कुँवर पक्राउ

काठमाडौं ।  राजावादी समर्थकले चैत १५ गते तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा एक युवती पक्राउ परेकी छन्।

पक्राउ परेकी युवती एनी कुँवर रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए। 

उनलाई अपराध अनुसन्धानको टोलीले आइतबार ललितपुरबाट पक्राउ गरेको हो। उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको एसपी जिसीले जानकारी दिए। 

उनका अनुसार कुँवर मृतक पत्रकार सुरेश रजक भेटिएकै भवनबाट तल झर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। त्यसैले अनुसन्धान गर्नका लागि पक्राउ गरिएको उनले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »