सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

६ किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट एक विदेशी महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो गाँजासहित प्रहरीले एक विदेशी महिलालाई पक्राउ गरेको छ। 

थाई एयर टिजी ३१० मार्फत् बैंककबाट काठमाडौं आएकी २६ वर्षीया मिस कंनोकवान पोंगसुवान पक्राउ परेकी हुन्।

उनलाई विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोको एसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

‘उनको साथबाट ६ किलो गाँजा बरामद भएको छ,’ उनले भने,’ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।’ 

भर्खरै

सम्बन्धित खबर

Language »