सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पानी परेपछि खुलेको काठमाडौं

काठमाडौं । काठमाडौंको आकाश शनिबार खुलेको छ।

बिहीबारदेखि पर्न थालेको पानीले काठमाडौं ढाकेको प्रदूषण केही पखालेको छ।

शनिबार बिहान एक झर पानी परेपछि दिउँसोदेखि मौसम खुलेको हो।

झन्डै दुई सातादेखि काठमाडौंको वायुमण्डल प्रदूषित थियो।  उपत्यकासहित देशका विभिन्न भागको वायु मण्डलमा धुवाँ, धुलो भरिएको थियो। हावा विषाक्त बनेको थियो।

भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले बिहीबार काठमाडौं लगायत अधिकांश भूभागमा वर्षा गराएको थियो। 

अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाले शनिबार बिहानैदेखि गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा वर्षा गराएको थियो। 

काठमाडौं लगायत बागमती प्रदेशका विभिन्न भूभागहरुमा पनि वर्षा भएको थियो। यसले अन्य भूभागहरूको प्रदूषण पनि हटाएको छ।

यद्यपि पूर्ण रूपमा भने हटिसकेको छैन। वायु शुद्धता सूचकले काठमाडौंमा हावाको शुद्धता  ५७ एक्युआई देखाएको छ। 

भर्खरै

सम्बन्धित खबर

Language »