सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपचारको क्रममा एक कैदीको मृत्यु

काठमाडौं । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ।

इलाम माङ्सेबुङ गाउँपालिका घर भई झापा कारागारमा ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको हो।

सोमबार साढे ४ बजे अचानक ढलेका थिए। प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार विश्वकर्माको मेडिकल रिपोर्टमा घाँटीको क्यान्सर लक्षण देखा परेको छ।

उनको मृत्युबारे प्रहरीले परिवारलाई खबर गरिदिइसकेको जनाएको छ। 

भर्खरै

सम्बन्धित खबर

Language »