सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भज्जुपुर्वाबाट भारतीय अवैध बोइलर चल्ला बरामद, दुई लाख बराबरको तस्करी प्रयास विफल

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ र डुडुवा गाउँपालिका वडा नम्बर ६ को सिमानामा पर्ने भज्जुपुर्वा क्षेत्रबाट सशस्त्र प्रहरीको सेटिङमा भित्रिएको भारतीय अवैध बोइलर चल्ला बरामद गरिएको छ।


लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा प्रहरी निरीक्षक आकाश भुसालको नेतृत्वमा गएको टोलीले अन्दाजी दुई लाख रुपैयाँ बराबरको बोइलर चल्ला नियन्त्रणमा लिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भारतको रुपैडिया नजिकै रहेको नीमबिया गाउँका भारतीय तस्करहरूले खुला सीमाको फाइदा उठाउँदै नेपाली तस्करसँग मिलेमतो गरी बोइलर कुखुराका चल्ला नेपाल भित्र्याउँदै आएका थिए। उनीहरूले जंगल बाटो हुँदै भन्सार छली गरी चल्ला तस्करी गर्दै गरेको खुलेको छ।
बर्ड फ्लुजस्ता रोगको जोखिम कम गर्न नेपाल सरकारले भारतबाट अयात हुने भारतीय अवैध बोइलर चल्ला र मासुजन्य वस्तुहरूमा सरकार प्रतिबन्ध लगाएको छ। तर पनि भारतबाट चोरी पैठारी गरी नेपालगञ्जमा रहेका फ्रेस हाउसमा खुलेआम बिक्री वितरण भइरहेको देखिन्छ।
प्रहरीले उक्त कार्यवाहीको क्रममा २० कार्टुन दुई हजार बोइलर कुखुराका चल्ला बरामद गर्नुका साथै तस्करीमा संलग्न भरियाहरु भारत रुपैडिया नजिकै रहेको निमबिया गाउँका २५ बर्षका सेबू मनिहार र सलमानलाई नियन्त्रणमा लिएको छ।
बरामद गरिएको चल्ला र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »