सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शिक्षक आन्दोलनमा कुटिए शिक्षक

काठमाडौं । काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनमा एक जना शिक्षक कुटिएका छन्।

शनिबार दिउँसो १ बजेतिर काठमाडौं महानगरपालिका-१० बिजुलीबजारस्थित नेपाल शिक्षक महासंघ राष्‍ट्रिय आन्‍दोलनमा सहभागी एक शिक्षकमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

कैलाली धनगढी उपमहानगरपालिका-१ घर भइ काठमाडौं-३१ आलोकनगर बस्दै आएका ५४ वर्षीय केशव राज जोशीमाथि कुटपिट भएको हो।

उनी श्री दुर्गा आधारभुत माध्यामिक विद्यालय धनगढीमा पढाउने शिक्षक हुन्।

अन्दाजी १५/२० जना शिक्षकको समूहसँग मतभेद हुँदा कुटपिट भएको एसपी बोहराले बताए।

उनलाई प्रहरीले उद्धार गरी सिभिल अस्पतालमा पुर्‍याएको छ। उनको उपचार भइरहेको एसपी बोहराले बताए। 

उनको टाउकोमा टुटुलको उठेको र शरीरको विभिन्न भागमा चोट लागेको छ। उनको उपचारमा उनका भतिज संलग्न छन्। 

भर्खरै

सम्बन्धित खबर

Language »