सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मधुवन नगरपालिकाको मानवबेचविखन नियन्त्रण समितिका सदस्यहरुको क्षमता बृद्धि गरिने

नेपालगन्ज, बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।


बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
उहाँले मानवबेचविखन तथा ओसार पसार रोक्न समितिले बिभिन्न कार्यक्रम तथा योजना बनाउनका लागि यो बैठकको आयोजना गरेको बताउनुभयो ।
सो बैठकको अध्यक्षता गर्दै मधुबन नगरपालिकाका उपमेयर तथा सो समितिका सदस्य अनिता चौधरीले यो समितिले स्थानीय सरकारको उदेश्य र कार्यक्रमलाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कार्य गर्ने जनाउँदै मानवबेचविखन तथा ओसारपसार रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले यो महत्वपूर्ण बैठकले मधुवनको स्थानीय सरकारलाई स्थानीयस्तरमा मानव बेचबिखन विरुद्ध विभिन्न योजना बनाउन र कार्यान्वयन गर्न सक्षम बनाउने बिश्वास लिएको पनि सो अवसरमा बताउनुभयो ।
गाउँपालिकाले समितिलाई आफ्नो उदेश्य पुरा गर्न हरेक प्रकारको सहयोग दिने प्रतिवद्धता पनि उपमेयर चौधरीले व्यक्त गर्नुभयो ।
उक्त बैठकमा मानव बेचबिखन नियन्त्रण समितिका सदस्यहरुको सक्रिय उपस्थिति र सहभागिता रहेको थियो भने बैठकको सञ्चालन समितिका सदस्य इन्द्रा चुनाराले गर्नुभएको थियो ।
बैठकलाई सुरक्षा परियोजनाका संयोजक ईश्वर बीकले सहजीकरण गर्नुका साथै संस्था र परियोजनाको उदेश्य र कार्यक्रम बारे जानकारी गराउनु भएको थियो भने अनुगमन तथा मुल्यांकन अधिकृत जनकराम चौधरी र फिल्ड सुपरभाइजर सावित्रा भाटले सो कार्यमा उहाँलाई सहयोग गर्नुभएको थियो ।
परियोजना संयोजक बिकका अनुसार बैठकले मधुवन नगरपालिकाका सबै वडाहरूमा वडास्तरीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन गर्ने निर्णय गर्दै पालिकास्तरीय समितिले हालसम्म गरेको प्रगति र उपलब्धीको समीक्षा समेत गरेको थियो भने बालबालिका बेचबिखन नियन्त्रण समितिका सदस्यहरूको क्षमता अभिवृद्धिका लागि क्षमता विकास तालिम सञ्चालन गर्ने योजना समेत निर्माण गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »