सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विराटनगरमा गुडिरहेको टिपरमा लाग्यो आगो

काठमाडौं । विराटनगरमा गुडिरहेको टिपरमा आगो लागेको छ ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१९ मिलन चोकमा प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा सोमबार दिउँसो साढे २ बजेतिर एक्कासि आगो लागेको हो ।

विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै गरेको टिपर सुनसरीको इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए ।

टिपरमा कसरी एक्कासि आगलागी भयो भन्नेबारे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । यद्यपि, तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »