नेपालगन्ज, जनता समाजवादी पार्टीमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का स्थानीयबासी युवा नेता णितेश अर्यालले पहिलो पटक पार्टी प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टीका महासचिव माे . इस्तियाक राईले आफ्नो कार्यालयमा प्रवेश गरेका अर्याललाई सम्मान तथा स्वागत गरेका छन् ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका आदेश अग्रवाल, माजिद शेष, पुर्बवडाअध्यक्ष जुम्मन खाँ, अत्तहार हुसेन फरुकी लगायतकाे सहभागीता रहेकाे थियोे ।







