काठमाडौं । सडक साथी संस्थाको आयोजनामा सडक शुरक्षा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व एआईजी भीमप्रसाद ढकाल, डा. निलम कुमार खड्का, रामहरि पोखरेल, डा. रेशम राज रेग्मीले उठेका प्रश्नहरुमाथि आफ्नो धारणा राख्नु भएको थियो ।
सडक साथी कार्यक्रममा १०० भन्दा माथि जोशिला सामाजिक मनहरु सहभागी भएर सुरक्षित सडकको पक्षमा उभिनु भएको थियो ।
डा. भगवती सेडाईँले सन्चालन गर्नु भएको कार्यक्रममार्फत आम सडक प्रयोगकर्ताहरुको अधिकार, कानुनी अवस्था,समस्या तथा समाधानका बिषयमा चर्चा भएको थियो ।
बिशेष गरि नेपाली सन्दर्भमा गुड सामारिटन कानुनको आवश्यकताको बिषयमा कार्यक्रममा चर्चा भएको थियो ।
गतिलाई निरन्तरता दिऔं, सडक सुरक्षालाई संस्कृति बनाऔं, एकअर्काको सडक साथी बनौं भन्ने मुख्य उदेश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।
सडक साथीले सुरक्षित सडक सुनिश्चित गर्न ज्ञान, उपकरण र स्रोतसाधनले व्यक्ति र समुदायलाई सशक्त बनाएर नेपालमा सडक दुर्घटनाबाट हुने चोटपटक र मृत्युलाई कम गर्न प्रतिबद्ध हुँदै सडक सुरक्षा अभ्यास र नीतिहरूलाई रूपान्तरण गर्न प्रविधि, वकालत र शिक्षालाई एकीकृत गर्ने, जवाफदेहिता र सक्रिय प्रतिक्रियाको संस्कृतिलाई बढावा दिने लक्ष्य राखेको जनाएको छ ।
त्यस्तै दिगो, डेटा संचालित र समावेशी यातायात प्रणालीको वकालत गर्दै र जवाफदेही र जिम्मेवार सडक प्रयोगकर्ताहरूको समुदायलाई पोषण गर्दै पैदल यात्री, सवार र चालक सबैका लागि सडकहरू सुरक्षित हुने नेपाल सिर्जना गर्ने र यस्तो भविष्यको परिकल्पना गरि जहाँ उन्नत प्रविधि र बलियो नीतिहरूले रोकथाम गर्न सकिने सडक ट्राफिक चोटपटक र मृत्युलाई कम गर्नेछन्, जसले गर्दा सडक सुरक्षालाई साझा सामाजिक जिम्मेवारी बन्नेछ भन्ने सडक साथीको मान्यता छ ।
सडक साथिले १० लाखं मानिस सम्म पुग्न प्रभावकारी सुचना सामग्री सिर्जना गर्ने र वार्षिक ५०००ं व्यक्तिहरूलाई तालिम दिने, आगामी ३ वर्षमा एआई प्रणाली, अडिट र ३ प्रमाण आधारित नीति अपनाउन जोड दिने, १००० प्रतिक्रियाकर्ताहरूलाई तालिम दिने र समुदाय भित्र आपतकालीन डाटाबेस सिर्जना र साझेदारी गर्ने योजना समेत बनाएको छ ।
सडक साथी संस्थाको आयोजनामा सडक शुरक्षा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न
