सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जकी मोनिका कठायत’GLAM PAGEANT 2025′ का लागि फिलिपिन्स जाँदै, मेयरले गरे विदाई

नेपालगञ्ज , नेपालगञ्जकी मोनिका कठायत फिलिपिन्सको राजधानी मनिला जाँदैछिन् । मोनिलामा मे २४ देखि २९ सम्म हुन गइरहेको ‘Little & Teen GLAM PAGEANT 2025’ का लागि उनी नेपालबाट छनौट भएकी हुन् ।

नेपालबाट उनीसंगै अन्य तीन जना पनि छनौटमा परेका छन् । तर, नेपालगञ्जबाट भने उनी एक्ली प्रतिष्पर्धी हुन् ।


मोनिकालाई आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विदाई गर्दै सफलताको शुभकामना दिएका छन् । आफ्नै कार्यकक्षमा उनले मोनिकाको विदाई गरेका हुन् ।

विष्टले नेपालगञ्जको शानको रुपमा रही मनिला जान थालेकी उनलाई आफ्नो र नेपालगञ्जको नाम सधैं ‘रोशन’ गर्न शुभकामना दिए । मोनिका आदर्श माध्यमिक विद्यालय सुर्खेतरोडमा कक्षा ७ मा अध्ययनरत छिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »