सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“दासी” सिरियल निर्माणमा संगीत सागर बुर्जा उनको चर्काे आलोचना

काठमाडौं । सामाजिक सन्देश बोकेको ‘दासी’ टेलि–सिरियलको निर्माण तीव्र रूपमा अगाडि बढिरहेको छ। केही दिनमै सार्वजनिक हुने तयारीमा रहेको यो सिरियल सामाजिक विषयवस्तुमा आधारित कथा बस्तुमा दर्शकमाझ आउँदैछ।

संगीत सागर बुर्जाको निर्देशनमा निर्माण भइरहेको यो सिरियलले नेपाली समाजमा विद्यमान विभिन्न सामाजिक बेथिति र असमानतालाई उजागर गर्ने लक्ष्य राखेको छ। सरलाहीमा जन्मिएका बुर्जा विगत लामो समयदेखि नेपाली फिल्म र म्युजिक भिडियो निर्देशनमा सक्रिय रहँदै आएका छन्। तीन सयभन्दा बढी म्युजिक भिडियो तथा थुप्रै चलचित्र निर्देशन गरिसकेका बुर्जाले अब “दासी” नामक टेलि–सिरियलमार्फत सानो पर्दामा आफ्नो अनुभव प्रस्तुत गर्दै छन्।

सिरियलको केही भागको छायांकन सम्पन्न भइसकेको छ भने बाँकी भाग छायांकन अन्तिम चरणमा रहेको निर्देशक बुर्जाले बताएका छन्। उनका अनुसार “दासी” केही दिनमै सार्वजनिक हुनेछ, जहाँ नयाँ तथा पुराना कलाकारहरूको उत्कृष्ट अभिनय देख्न पाइनेछ।

यो टेलि–सिरियलबाट कृतिका जोसी र प्रयास विश्वकर्माले अभिनयमा डेब्यु गरेका छन्। उनीहरूसँगै अन्य नयाँ र अनुभवी कलाकारहरूको समेत अभिनय रहनेछ। वर्तमान समयमा थुप्रै टेलि–सिरियलहरू बजारमा सार्वजनिक भइरहेका छन्—कसैले राम्रो प्रतिक्रिया पाइरहेका छन् भने कतिपयले अपेक्षा अनुसारको स्थान बनाउन सकेका छैनन्। यस्तै परिस्थितिमा “दासी” सिरियल नयाँ विषयवस्तु र भिन्न प्रस्तुतिसँगै दर्शकमाझ आउने तयारीमा छ।

सिरियलको कथालेखनमा लेखक राजु कटेलको महत्वपूर्ण भूमिका रहेको छ भने संगीत संयोजनमा लोकप्रिय संगीतकार बाबुल गिरीले काम गरेका छन्। सिरियल “दासी अफिसियल” युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ, जसले देश–विदेशका दर्शकलाई सजिलो पहुँच दिनेछ।

हाल “दासी” सिरियलका पोस्टरहरू सामाजिक सञ्जाल र विभिन्न मिडिया प्लेटफर्महरूमा धमाधम सार्वजनिक भइरहेका छन्, जसले दर्शकहरूमा उत्साह र जिज्ञासा बढाइरहेको देखिन्छ। निर्माण टिमका अनुसार “दासी” सिरियलले दर्शकहरूको मन जित्ने ठूलो सम्भावना बोकेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »