काठमाडौं । काभ्रेपलान्चोक तेमालगाउँपालिका वडा नम्बर ९ निवासी क्यान्सर पीडित कुलबहादुर तामाङको जीवनरक्षाका लागि सञ्चालन गरिएको “क्यान्सर पीडित कुलबहादुर तामाङ बचाउ अभियान–२०८२”बाट उठेको रकम हस्तान्तरण तथा अभियान समापन कार्यक्रम सम्पन्न भएको छ ।
पुर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य सुर्यमान तामाङ(लालध्वज)को प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा तेमाल–९का वडा अध्यक्ष चन्द्रबहादुर लामा, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बल,नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल कल्तान,चर्चित गायक तथा संगीतकार विश्व दोङ, तामाङ पत्रकार संघका वरिष्ठ उपाध्यक्ष तिर्थमान बल, उत्प्रेरक वक्ता विकास देव योञ्जन,मम्स इन्टरनेसनल अध्यक्ष एवम् चर्चित नायिका रञ्जिता ब्लोन, तामाङ मौलिक व्हाईला न्हानका अध्यक्ष सञ्जिव योञ्जन ( पोङ्दीला च्याङ्वा ), मिस तामाङ अञ्जु तामाङ थोकर, प्रगतिशील घिसिङ समाजका अध्यक्ष डिलबहादुर घिसिङ लगायत विभिन्न संघ ,संस्थाहरुको प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।
नमोबुद्ध न्युजका सन्चालक तथा तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष छेडुप तामाङ दोङ ले सन्चालन गर्नु भएको उक्त कार्यक्रम अभियानका संयोजक सुदिन तामाङ दोङको सभापतित्वमा भएको थियो ।
अभियान बाट उठेको रु.२९,२५,०८५ (उन्नानतीस लाख पच्चिस हजार पचासी) रुपैयाँको सहयोग पीडितकी धर्मपत्नी कान्छीमाया तामाङलाई हस्तान्तरण गरिएको थियो ।
बौद्धस्थित सेकुवा जक्शनमा आयोजित पत्रकार सम्मेलनमा कलाकार, सञ्चारकर्मी, संघसंस्था, युवाहरू र समुदायका अगुवाहरू ले आफ्नो धारणा राख्दै क्यान्सर पीडित कुलबहादुर तामाङको जीवन रक्षा र सिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको थियो ।
यस्ता ३५ भन्दा बढी अभियान सफलताका साथ चलाएर मानवीय धर्म निभाउनु भएका सुदिन तामाङ दोङले पीडितहरुको सहयोग को लागि ५ करोड भन्दा धरै रकम संकलन गरि हस्तान्तरण समेत गरिसकेको भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले वहन गर्नु पर्ने दायीत्व सुदिन जस्ता सामाजिक मनहरुले गरिरहेकोमा कृतज्ञता समेत प्रकट गर्नु भएको थियो ।
यस्ता अभियानहरु चलाउँदा धरै आरोप खेप्नुपर्ने अवस्था रहेको भए पनि सुदिन तामाङ दोङले गरेको पारदर्शिताले त्यसलाई चिरिदिएको भन्दै देशमा हजारौं कुल बहादुर तामाङहरु पीडाले छट्पटाई रहँदा सयौं सुदिन तामाङ दोङहरुको आवश्यकता महसुस हुने गरेको वक्ताहरुले बताउनु भयो ।









