सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंमा गाडीबाट खसेर एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुनमा भ्यानबाट खसेर एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान नागार्जुन नगरपालिका-६ टेम्पो पार्कमा भ्यानबाट खसेर एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

नागार्जुन नगरपालिका-६ रामकोट बस्ने उदयपुर कटारी नगरपालिका-७ घर भएकी ३८ वर्षीया कोपिला परियारको मृत्यु भएको हो।

महाँकालबाट सीतापाईलातर्फ जाँदै गरेको बा.प्र.०१-००२ ज ७०५७ नम्बरको भ्यानबाट कोपिला खसेकी हुन्। घाइते भएकी उनको उपचारको लागि मनमोहन अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। प्रहरीले भ्यानका चालकलाई पक्राउ गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »