सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मानब बेचबिखन नियन्त्रण गर्न पालिकाले बजेट बिनियोजन गर्ने प्रतिवद्धता

नेपालगन्ज, बर्दियाको राजापुर नगरपालिकामा मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुका लागि सञ्चालन गरिएको बालसंरक्षण तथा मानबबेचबिखनका घटना ब्यबस्थापन सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाको आयोजनामा सो तालिम सञ्चालन गरिएको थियो ।


तालिमको समापन गर्दै राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गएको र यसलाई नियन्त्रण गर्न चुनौती देखिएकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार, प्रहरी, संघसंस्था तथा स्थानीय निगरानी समूहहरु सक्रिय भएर अभियान संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले बाल संरक्षण र मानब बेचबिखन नियन्त्रणकालागि पालिकाले योजना बनाएर बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
तीन दिनसम्म चलेको सो तालिममा पालिकाका उपप्रमुख, महिला बालबालिका शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, कार्यपालिका सदस्यहरु, प्रधानाध्यापकहरु र प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको बाँके युनेस्को क्लबका परियोजना संयोजक इश्वर बिकले बताउनुभयो ।
तालिम समापन सत्रको संचालन महिला बालबालिका शाखा प्रमुख अनिता चौधरीले गर्नुभएको थियो ।
सहभागीका तर्फबाट बोल्दै कार्यपालिका सदस्य लक्ष्मी चंदारो र मानब बेचबिखन नियन्त्रण समितिका सदस्य लोकराज ढुंगानाले तालिम निकै प्रभावकारी भएको र यसबाट मानब बेचबिखन अन्त्य गर्न ठुलो सहयोग पुग्ने बताउनुभयो ।
तालिममा बालअधिकार, बालसंरक्षण, बालबालिकामाथि हुने हिंसा तथा रोकथाम, मानब बेचबिखन तथा ओसारपसारको अवधारणा, यसका कारण, मानव तस्करी, शोषण, कानुनी प्रावधान घटना ब्यबस्थापन, सिफारिस संयत्रका बारेमा प्रशिक्षकद्वय युवराज पोख्रेल र निर्मल सुबेदीले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको उदेश्य तथा परियोजनाका बारेमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिकले जानकारी गराउनुभयो ।
तालिममा समूह कार्यमार्फत मानब बेचबिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिका बारे विभिन्न प्रस्तुतीहरु गरिएको थियो ।
तालिममा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर प्रमिषा थारुले व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »