सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गल्छीमा दुई वटा गाडी ठोक्किए, १२ जना घाइते

काठमाडौं ।  धादिङमा दुई वटा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। 

शुक्रबार पौने ५ बजेतिर गल्छी गाउँपालिका-६ भल्टार पृथ्वी लोकमार्गमा दुई वटा गाडी ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

लमजुङबाट काठमाडौं जाँदै गरेको बा. ४ ख ६९४ नं.को गाडी र विपरीतबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७१४१ नं. गाडी ठोक्किएका हुन्।

बा.४ ख.६९४ नं.को गाडीमा सवार ६ जना घाइते भएका हुन्।

त्यस्तै बागमती प्रदेश ०१-००६ ख.७१४१ नं.को गाडीमा सवार ६ जना घाइते भएका हुन्। उनीहरूको उपचारका लागि गल्छीस्थित अम्बेभरोसा अस्पताल पठाइएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »