सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डोटीमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं ।  डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

शुक्रबार दिउँसो आदर्श गाउँपालिका-१ दोबाजमा सुप्रप ०१००१ ज १३९५ जीप दुर्घटनामा परेको हो।

उक्त दुर्घटनामा दुई जना घटनास्थलमा र एक जना अस्पतालमा पुर्‍याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर रामचन्द्र जोशीले जानकारी दिए।

उनका अनुसार मृतकहरूको पहिचान खुलिसकेको छैन।

घाइतेहरूको जिल्ला र आसपासका जिल्लाहरूमा उपचारका लागि लगिएको छ। 

भर्खरै

सम्बन्धित खबर

Language »