सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोरङमा अलकत्रा बोकेको गाडीमा एक्कासि आगलागी

काठमाडौ। मोरङको बेलबारीमा शनिबार अपराह्न बाटो निर्माणमा प्रयोग हुने अलकत्रा बोकेको गाडीमा आगलागी भएको छ। 

मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालले दिएको जानकारी अनुसार अपराह्न चार बजेतिर गाडीमा आफै आगो लागेको थियो। 

‘निर्माणाधीन एसियन हाइवे बनिरहेको छ, बेलबारी –८ को भाउन्ने क्षेत्रमा काम भइरहेको बेला एक्कासि आगो लागेको हो,’ उनले भनिन्, ‘प्राइमर (अलकत्रा) बोकेको गाडी धेरै तात्तिएर आगो लागेको भन्ने बुझिएको छ।’

भर्खरै

सम्बन्धित खबर

Language »