सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नायक अनमोल केसीसहित चलचित्र फर्की फर्की टिमविरुद्ध मुद्दा

काठमाडौं। नायक अनमोल केसीसहित चलचित्र फर्की फर्कीको टिमविरुद्ध मुद्दा दायर भएको छ।

उनीहरूविरुद्ध कलाकार नरेन्द्रबहादुर श्रेष्ठले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन्। मुद्दामा आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको उनले आरोप लगाएका छन् ।

चलचित्र फर्की फर्कीमा आफ्नो मोबाइल नम्बर प्रयोग गरिएको र त्यसपछि अनमोललाई खोज्दै आफूलाई दैनिक सयौँ फोन आउँदा मानसिक तनाव भएको उनले उल्लेख गरेका छन् ।

‘फिल्म रिलिज भए पश्चात उक्त संवादमा उल्लेखित मेरो फोन नम्बर अनमोल केसीसँग बोल्न चाहने व्यक्तिहरूले बारम्बार फोन गर्ने कार्यले मेरो व्यक्तिगत फोन नम्बर नै मैले स्वीच अफ गरी बस्नु परेको छ। एकैछिन फोन अन गरी बस्यो कि कुनै न कुनै ठाउँबाट, कुनै न कुनै व्यक्तिले अनमोल केसीको सम्पर्क नम्बर भन्ठानी फोन गरिहाल्छ,’ रिट निवेदनमा भनिएको छ।

उनले क्षतिपूर्तिको समेत माग दाबी गरेका छन् । चलचित्र फर्की फर्कीको एउटा संवादमा अनमोलसँग नायिका जसिता गुरुङले नम्बर माग्छिन्। त्यहाँ अनमोलले दिएको नम्बर श्रेष्ठको परेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »