सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन अवधि फेरि बढाउने तयारी

काठमाडौं। मुलुकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको तीन हप्ता पूरा भयो । लकडाउनको पछिल्लो म्याद भोलि वैशाख ३ गते सकिँदै छ ।

तर सरकारले लकडाउनलाई फेरि लम्ब्याउने तयारी गरिरहेको स्रोतबाट खुल्न आएको छ । यही विषयमा छलफल गर्न आज मन्त्रिपरिषदको बैठक बस्न लागेको छ । स्रोतका अनुसार आज बिहान ११ बजे बालुवाटारमा बस्ने उक्त बैठकले लकडाउनको अवधि थप्नेबारे निर्णय गर्नेछ ।

गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने क्रममा अझै २ हप्ताजति कष्टकर हुने बताउनुभएकाे थियाे । यसकाे संकेत लकडाउन थपिने भन्ने नै थियाे ।

बालुवाटार स्राेतका अनुसार चाैथाेपटक लकडाउन कम्तीमा एक हप्तादेखि १० दिनसम्मका लागि थप गर्ने सरकारको तयारी छ । यसअघि गत चैत २४ गतेकाे मन्त्रिपरिषद बैठकले ८ दिन थप गरेकाे थियाे । साे अवधि भाेलि बुधबार सकिँदैछ ।

नेपालमा पछिल्लाे समय काेराेना संक्रमण केसहरू स्थानीय स्तरमा र विशेषगरी भारतबाट नेपाल पसेकाहरूमा देखिएकाे छ । भारतमा काेराेनाका केसहरू बढिरहँदा त्यहाँकाे सरकारले पनि लकडाउन बढाइरहेकाे छ । नेपालमा पनि जाेखिम न्यूनीकरण गर्ने उपायका रूपमा लकडाउन गरिएकाे र यसकाे अवधि परिस्थितिअनुसार बढाउँदै जाने सरकारकाे रणनीति रहेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »