जानकी, बाँके को जानकी गाउँपालिकाले आर्थिक बर्ष २०८२ र २०८३ का लागि ५२ करोड ३६ लाख ९६ हजार ६ सय २१ रूपैया बजेट ल्याएको छ। जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादवले मंगलबार जानकी गाउँपालिकाकाको को १८ ओै सभामा प्रस्ताव गरेकी छन ।

गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादवले प्रधानमन्त्री रोजगार कार्यक्रम ,लघु उद्यम विकास कार्यक्रम ,सहकारी तथा वित्तीय सेवा ,शिक्षा विकास खानेपानी तथा सरसफाई ,स्वयमसेविका खर्च ,विपद व्यवस्थापन कोष ,विपद व्यवस्थापन कार्यक्रम ,वडा स्तरिय योजना ,समपुरक कोष वैकल्पिक उर्जा ,फाहरमैला व्यवस्थापन ,तराई मधेश समृद्धि कार्यक्रम ,मर्मत सम्भार कोष ,गत वर्षको दायित्व ,उपाध्यक्ष योजना कार्यक्रम ,पुर्वाधार विकास शाखा ,भुमी व्यवस्थापन खर्च ,नर्या दायित्व सिर्जना, गाउँपालिका चालु खर्च ,वडास्तरिय चालु ,लक्षित कार्यक्रम, न्यायिक समिती सन्चालन तथा व्यवस्थापन ,कर्मचारी कल्याण कोष ,एम्बुलेन्स व्यवस्थापन खर्च ,कन्या विद्यालय व्यवस्थापन खर्च ,पालिकास्तरिय विविध कार्यक्रम ,कृषि शाखा ,पशु शाखा ,महिला बालबालिबा तथा जेष्ठ नागरिक ,स्वास्थ्य शाखा ,गाउँपालिका स्तरिय योजना ,आर्थिक विकास ,सामाजिक विकास ,वन वातावरण तथा विपद व्यवस्थापन ,पुर्वाधार विकास ,सुशासन तथा क्षमता विकास लगायतका क्षेत्रलाई समेटी वजेट प्रस्तुत गरेकी थिईन । संघिय सशर्त अनुदान रु २२ करोड ६९ लाख, संघिय समानिकरण अनुदान रकम रु ११ करोड ४९ लाख ,प्रदेश समानिकरण अनुदान ७९ लाख ३६ हजार ,शँघिय राजस्व बाँडफँडबाट प्राप्त हुने रकम रु १० करोड ६३ लाख ९८ हजार ६ सय २१ ,प्रदेश राजस्व बाँडफँडबाट प्राप्त हुने रकम रु १ करोड ३ लाख ६२ हजार ,शँघिय समपुरक अनुदान रकम रु ५० लाख , प्रदेश समपुरक अनुदान रकम रु ७५ लाख ,प्रदेश विशेष अनुदान रु १७ लाख, समानुपातिक आन्तरिक श्रोत आम्दानी रकम रु १ करोड ५० लाख र अल्या रकम रु १ करोड प्रस्तावित बजेट प्रस्तुत गरिएको हो ।
गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत नर वहादुर विकले संचालन गरेको सभामा सभाध्यक्ष गाउँपालिका अध्यक्ष छब्बन खाँ,वडाध्यक्षहरु मो रजा राई ,चन्द्रिका प्रसाद गुप्ता ,राज कुमार कुर्मी ,रमेश कुमार बर्मा ,टिकानाथ यादव ,जगदिश प्रशाद हरिजन ,वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।








