सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पशुपति क्षेत्रमा जथाभावि महायज्ञ गर्दा स्थानिय संस्कृति माथि हस्तक्षेप भएको भन्दै स्थानिय संघ संस्था द्वारा पशुपति क्षेत्र बिकास कोषको ध्यानाकर्षण

काठमाडौं । हिन्दु धर्मावलम्बिहरुको प्रमुख आस्थाको केन्द्र मानिने पशुपतिनाथ क्षेत्र भित्र साउन महिनाभरि ७ वटा महायज्ञहरु गरिनलागेको भन्ने हल्ला संगै त्यसले स्थानिय संस्कार र संस्कृतिमाथि हस्तक्षेप हुने भन्दै स्थानिय संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुले बिरोध गर्दै पशुपति क्षेत्र बिकास कोषको ध्यानाकर्षण गराएका छन् ।
त्यस क्षेत्रमा कृयाशिल करिब २० भन्दा बढी स्थानिय संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुले पशुपति क्षेत्र बिकास कोषको कार्यालयमा पुगि निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पशुपति सिर्जनशील युवा क्लबको नेतृत्वमा कोषको कार्यालयमा पुगेका स्थानियहरुले व्यवसायीक रुपमा गर्न लागेका यस्ता महायज्ञहरुले स्थानिय संस्कार र संस्कृति माथि हस्तक्षेप हुने भएकोले पशुपति क्षेत्रको मुख्य मुख्य ठाउँहरुमा तथा स्थानिय जात्रा लाग्ने र आरति गर्ने ठाउँहरुमा स्थान दिन नहुने बिचार व्यक्त गर्नु भएको थियो ।
ध्यानाकर्षण पत्रमा लेखिएको विवरण
आराध्यदेव भगवान पशुपतिनाथको पावन परिसरमा साउन महिनामा हुने भिडभाड, ऐतिहासिक कालदेखि स्थानीय गुँला पर्वको अवसरमा दाफा भजन फल्चामा वसेर १ महिना भरी दैनिक रूपमा ३ घण्टा भजन कृतन गर्नुपर्ने, साउन २५,२६ र २७ गते हुने ऐतिहासिक गाईजात्रा, खड्गजात्रा र रोपाइँजात्रा पर्वहरू पवित्र पाशुपत क्षेत्रमा हजारौं भक्तजनहरू जात्रामा आउने यस पर्वहरू यहाँका विशेष चाडहरू हुन । पर्व विशेष रूपमा विभिन्न संस्थाहरूले आफ्नो मनोमानी रूपमा पाशुपत क्षेत्रमा विभिन्न पाल, पन्डाल टाड्ने, यहाँको वातावरणलाई अवरोध बनाउने कार्य भईरहेको र पशुपति सिर्जनशील युवा क्लव परिसर, नासाल चोक, लगायतका स्थानहरूमा जात्रा परिक्रमा गराउनु पर्ने भएकाले यी स्थानमा गरिएको अवरोध सहित संस्थागत रूपमा व्यक्तिगत स्वार्थका लागि गरिएका यस्ता कार्यहरू प्रती हाम्रो पूर्ण असमर्थ रहेको छ । यी र यस्ता कार्यहरू प्रति स्थानीय सहित विभिन्न संघ संस्थाहरूको ऐक्यबद्धता नरहेकाले यी स्थानहरू खाली गराई शान्त वातावरण कायम गरी यश संस्थाबाट उक्त कार्यहरू गर्नका लागि स्वीकृति दिएको पाइएकाले तुरुन्तै यो स्वीकृति समेत खारेजीका निम्ति अनुरोध गर्दछौं ।
अध्यक्ष
सुमन डंगोल

भर्खरै

सम्बन्धित खबर

Language »