सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्री पशुपति गौ संरक्षण विराट ज्ञान महायज्ञ २०८२ को शुरुवात

काठमाडौं । सडकमा बेवारिसे अवस्थामा छोडिएको गाई संरक्षण गर्दै आएको संस्था राष्ट्रिय युवा समाज नेपाल र सुन्दर परिकल्पना सक्षम समाजको संयुक्त आयोजनामा श्रावण १ गते बाट बेवारिसे गाई संरक्षण तथा गौशाला निर्माणको सहयोगार्थ पशुपतिमा श्री पशुपति गौ संरक्षण विराट ज्ञान महायज्ञको शुरुवात भएको छ ।
पशुपति क्षेत्रको राम मन्दिर अगाडीको चौरबाट कलश पुजा गरि कलशलाई श्री पशुपतिनाथको मन्दिर परिक्रमा गराएर कार्यक्रम शुरु गरिएको थियो ।
आयोजक संस्थाको अध्यक्ष कुमारी बाँठामगर(मनु)ले १० हजार भन्दा माथि सहयोग गर्ने सहयोगीहातहरुलाई संस्थाले उच्चसम्मान गर्ने कार्यक्रम समेत रहेको बताउनु भयो ।
आयोजक संस्थाकै राम बहादुर तामाङले आफुले १४ बर्ष बैदेशिक रोजगार बाट कमाएर ल्याएको पैसा गौ रक्षा मै लगानी गरेको यसको ब्यवस्थित र निरन्तरताको लागि प्रचार प्रसार र आएको दानबाट गौशाला निर्माण गर्ने उदेश्य सहित यो महायज्ञ आयोजना गरिएको बताउनु भयो ।
संसारमा जन्मलिएका हरेक प्राणीको बाँच्न पाउने अधिकारलाई हनन गर्न नहुने भन्दै कार्यक्रममासबै महानुभावहरुलाई सहयोको लागि समेत अपिल गरिएको छ ।
आचार्य पण्डित नारायण खनाल,आध्यात्मिक प्रवक्ता तथा व्यासाचार्य योगिनी सरितानन्दी, अचार्य पण्डित नारायण प्रसाद खनाल लगायत दर्जनौ धर्म गुरु तथा प्रवचकहरुबाट प्रवचन हुने उक्त महायज्ञमा सवा करोड दिप प्रज्वलनको समेत योजना रहेको बुझिएको छ ।

महायज्ञलाई व्यवस्थित बनाउन भरपुर प्रयास गरिने आयोजक समितिका अध्यक्ष नवराज भण्डारी र कार्यक्रम संयोजक पशुपति खड्का (सुदिप)ले बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »