सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्, श्रीमतीको मृत्यु

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ।

शनिबार बिहान स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया  रामकुमारी खंग दुवै जनाको विद्युत्बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए।

प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्लाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो।

सो क्रममा करेन्ट लागेपछि उनीहरूको दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »