सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बागमती नदीमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकमध्ये एकको शव फेला

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकास्थित बागमती नदीमा १ भारतीय युवकको शव फेला परेको छ ।

शुक्रबार साँझ चन्द्रपुर नगरपालिका- १ बागमति नदीमा जल लिन गएका भारत बिहार सितामढी जिल्लाको जमुवा पञ्चायत मठियाका १४ वर्षीय पवन कुमार साह र २२ वर्षीय नितेशकुमार डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता भएका मध्ये पवन कुमार साहको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बोलबम जानका लागी बागमती नदीमा जल लिन गएका बेला दुई जना नदीमा बेपत्ता भएका थिए ।

बागमती नदीमा दुई युवक डुबेको खबर पाएपश्चात इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी रुपा लाबुङको टोली खोजीमा खटेको थियो ।

खोजीका क्रममा घटनास्थलबाट करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा पवनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले बताए ।

बेपत्ता रहेका अर्का युवक नितेश कुमारको खोजीकार्य जारी रहेको उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »