काठमाडौं । ब्लोदान काठमाडौं मध्य क्षेत्रको अध्यक्ष राम बहादुर ठकुरीको सभापतित्व तथा बागमती प्रदेश सभा सदस्य तथा पूर्व खानेपानी, उर्जा तथा सिंचाई मन्त्री वसन्त मानन्धरको प्रमुख आतिथ्यतामा ब्लोदान काठमाडौं मध्य क्षेत्रको एघारौं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठ विशेष अतिथि, निवर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार ई. सानु बाबु प्रजापति, ब्लोदान काठमाडौं जिल्ला शाखाका अध्यक्ष तिलक बहादुर अधिकारी, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डे, कान्तिपुर रक्तसंचार सेवाका प्रमुख टिकाराम मण्डल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल रक्तसंचार सेवाका प्रमुख परशुराम दाहाल, केन्द्रीय रक्तसंचार सेवाका जनसम्पर्क अधिकृत सन्देश थापा, ब्लोदान काठमाडौं मध्य क्षेत्रका सल्लाहकार लक्ष्मण गमाल लगायतका अतिथि हुनुहुन्थ्यो भने ब्लोदानका केन्द्र, जिल्ला तथा क्षेत्र एवं नगरसमिति लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो
कार्यक्रमका प्रमुख अतिथि वसन्त मानन्धरले ब्लोदानले मानवीय कार्य र स्वयंसेवी रक्तदानको क्षेत्रमा गर्दै आइरहेको कार्यहरुको खुलेर प्रशंसा गर्दै यस मानवीय क्षेत्रमा लाग्नुभएका ब्लोदानका संस्थापक अध्यक्ष स्व. शरद कसाः र पूर्व अध्यक्ष स्व.महेन्द्र विलास जोशीको सम्झना गर्नुभयो । साथै यसप्रकारको मानवीय संस्थालाई सरकारले पनि आवश्यक सहयोग पु¥याउनु पर्ने बताउनु भयो र त्यसको लागि आफुले पनि आवश्यक पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्नु हुँदै कान्तिपुर रक्तसंचार सेवाका प्रमुख टिकाराम मण्डलले रगतको सहि सदुपयोग हुनुपर्ने र प्रयोग नभएका रगत समय मै सम्बन्धित रक्तसंचार सेवामा फिर्ता गर्न अनुरोध गर्नुभयो ।
विशेष अतिथि ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले रगत संकलन र आपूर्तिको अवस्था सबैको जानकारीमा रहनु पर्ने र त्यसको लागि डिजिटल बोर्डको व्यवस्था गर्नुपर्ने बताउनु भयो । साथै यस्तो मानवीय कार्यमा सबैजना सक्रिय रुपमा लागिरहनु पर्ने बताउनु हुँदै यस कार्यमा मध्य क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
कार्यक्रममा सभापतिको आशनबाट बोल्नुहुँदै अध्यक्ष आ.बी. ठकुरीले मध्य क्षेत्रलाई यस अवस्थासम्म पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु एवं संघसंस्थाहरु प्रति धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनहरुमा समेत यसरी नै निरन्तर सहयोग पाइरहने विश्वास व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा ब्लोदान काठमाडौं मध्यक्षेत्रका सल्लाहकार लक्ष्मण गमालले पनि आफ्नो भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा सचिव दिनेश महर्जनले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रिता रजकले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरिएको थियो ।
त्यस्तै पाँचौं अधिवेशनबाट आर.बी.ठकुरीको अध्यक्षतामा ११ सदश्यीय कार्यसमितिको चयन गरिएको थियो ।
जसमा
१)अध्यक्ष — आर.बी.ठकुरी
२) उपाध्यक्ष— मचाकाजी महर्जन
३)सचिव— दिनेश महर्जन
४)कोषाध्यक्ष — रिता रजक
५)सह–सचिव— उर्मिला कनौजिया मगिया
६) सदस्य —रामदेवी श्रेष्ठ
७)सदस्य —ज्ञानीहेरा डंगोल
८) सदस्य — निर्मला मघैया
९) सदस्य—अनिल महर्जन
१०) सदस्य —सुमित्रा सेन ठकुरी
११) सदस्य — बद्रि दाहाल
१२)सदस्य— अनिता भण्डारी
१३) सदस्य — राम महर्जन









