सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । लागूऔषध मुद्दाका फरार प्रतिवादी आँधीखोला गाउँपालिका-४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा  ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »