सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आरती रुचाल र अमृत खातीको “के को दुख पर्ला र” बजारमा (भिडियो)


सुमन ढकाल

काठमाण्डौ।
नेपाली लोक सांगीतिक बजार यतिबेला मौलाइरहेको छ। तीज नजिकिदै गर्दा गीतहरु सार्वजनिक भैरहेका छन्। यतिबेला गायिका आरति रुचाल र अमृत खातीले गाएको “के को दुख पर्ला” र बोलको तीज गीत सार्वजनिक भएको छ।

गीतलाइ अमृत खातीले शब्द भरेका छन् भने नन्दु परियारले लय गरेका हुन्। गायिका आरती रुचालले आफ्नो स्वर अष्ट्रेलिबाट रेकर्ड गराएकी हुन्। विगत ७/८ बर्ष सांगीतिक यात्रामा जोडिएकी रुचाल वैदेशिक भुमिमा रहेकी छन्। लाइभ दोहोरी देखि अफिसियल गीत गाउदै उनको यात्रा बढिरहेको छ।

केही समयको अन्तराल पछि सार्वजनिक भएको गीत निकै मिठो बनेको पाइएको छ। उस्तै मिठो शब्द भाका बनेर दर्शक श्रोतामाझ गीत पुगिरहेको छ। महिलाको विशेष पर्व मानिने तीज गीत लक्षित गरी गीत बजारमा आएको हो।

मन छुने लय संगै गीत लोकप्रिय बन्दै गएको आकलन श्रोताले गरिरहेका छन्। गीतले केही आश बोकेको चर्चा बजारमा गरिएको छ। सुनिल परियारले गीतको एरेन्ज गरेका हुन् भने एचविएन किस्मतले ध्वनि मिश्रण गरेका हुन्। स्टुडियो 1db HD बाट यस गीत रेकर्ड भएको हो।

भिडियो तर्फ अविशेक खड्का र रविना भण्डारीले अभिनय गरेका छन्। रोनिश तामाडंले छायांकन गरेको भिडियोलाइ हुम गैरेले निर्देशन/सम्पादन गरेका हुन्।

कृष्ण गैरेले गीतलाइ समय अनुसारको माग र प्रदशन गरेको जनाएका छन् र गीतको पुरा अडियो भिडियो कृष्ण गैरेकै युटुव च्यानलवाट विश्वभर छरिएको छ।
पुरा भिडियो हेर्नुहोस्ः
https://youtu.be/o1wumC-8dn8?si=2UYnQaxIOjnpd3JY

भर्खरै

सम्बन्धित खबर

Language »