सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टोखाकी महिला पत्रकार टाेखा लाइभकर्मी नबिना श्रेष्ठलाई नेपाली कांग्रेसद्वारा सम्मान

 टोखा / नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं. २ कार्य समितिले विद्यार्थी सम्मान कार्यक्रमको दौरानमा टोखाकी पहिलो महिला पत्रकार टाेखा लाइभ कर्मि नबिना श्रेष्ठलाई सम्मान गरेको छ।

सूचना तथा सञ्चारको माध्यममार्फत समाजलाई सुसूचित र सुसज्जित गर्न निरन्तर सक्रिय रहँदै आएको योगदानको कदर गर्दै, उनको नाममा सम्मान–पत्र प्रदान गरिएको हो।

सम्मान कार्यक्रम नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व केन्द्रीय सभापति तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. विश्वेश्वर प्रसाद (वि.पी) कोईरालाको ४३औं स्मृति दिवस तथा पूर्व केन्द्रीय सभापति, पूर्व प्रधानमन्त्री र गणतन्त्र नेपालको संविधान २०७२ का “संविधानका पिता” कहलिएका स्व. सुशील कोईरालाको ८६औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् सांसद् माननीय प्रदीप पौडेल, विशेष अतिथि प्रदेश सांसद् तथा नेपाली कांग्रेस क्षेत्र नं. ५ का सभापति माननीय श्याम बहादुर खड्का, विशिष्ट अतिथि काठमाडौं जिल्ला सभापति सबुज कृष्ण बानियाँ, अतिथि त्रिभुवन विश्वविद्यालयका डा. पिताम्वर भण्डारी, तथा वडा सभापति हेरा काजी महर्जन डंगोललगायतको उपस्थितिमा सम्मानपत्र हस्तान्तरण गरिएको थियो।

सभापति महर्जनले श्रेष्ठले टाेखाको विभिन्न बिधामा प्रचारप्रसार भूमिका स्मरण गर्दै भने, “टोखामा महिला पत्रकारिताको बाटो खोल्ने साहसिक कदमको लागि यो सम्मान कृतज्ञताको प्रतीकको रूपमा रहेको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »