काठमाडौं। रसुवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ ।
आमाछोदिङमो गाउँपालिका गत्लाङबाट आउँदै गरेको बा ४ ख ८४३५ नम्बरको बस रसुवाकै उत्तरगया गाउँपालिका-५ लहरेपौवामा दुर्घटना भएको हो।
दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई त्रिशुली अस्पताल पठाइएको छ ।
बस माथि सडकबाट खसेर घरको आँगनमा पुगेको छ ।








