सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनआकाश मिडिया तथा जनआकाश साप्ताहिकको १८औ वार्षिकोत्सव सम्पन्न : विभिन्न क्षेत्रमा योगदान पु¥याएका १० व्यक्तित्वहरु सम्मानित


काठमाडौ । जनआकाश मिडिया तथा जनआकाश साप्ताहिकको १८औ वार्षिकोत्सव सम्पन्न भएको छ ।
कार्यक्रमको अवसरमा वरिष्ठ पत्रकार डा. केशव देवकोटा लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका १० व्यक्तित्वहरुलाई सम्मान तथा “मलाई सुन्दर नेपाल बनाउने रहर छ” स्वदेश गानको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई कदर पत्रले सम्मानित गरिएको थियो ।
जनआकाश मिडियाले आयोजना गरेको जनआकाश साप्ताहिकको १८औ वार्षिकोत्सवको अवसरमा स्रष्टालाई सम्मानका साथै जन आकाश मिडियाका अध्यक्ष मोहन कार्कीद्धारा लेखिएको “मलाई सुन्दर नेपाल बनाउने रहर छ ” बोलको स्वदेश गान लोकार्पण समेत गरिएको थियो ।
जन आकाश मिडियाका अध्यक्ष मोहन कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख ईन्दिरा राना प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।
कार्यक्रममा आफ्नो मनतव्य राख्दै प्रतिनिधिसभाकी उपसभामुख ईन्दिरा रानाले पत्रकारहरु स्वतन्त्र हुनुपर्ने कुनै पार्टी वाद, तन्त्रवाट माथि उठेर कलम चलाउन अनुरोध गर्नुभएको छ ।
उपसभामुख रानाले अर्को प्रशंङगमा सामाजिक रुपान्तरण गफमा होइन व्यवहारमा उतार्नुपर्ने पनि उल्लेख गर्नुभयो । हाम्रो देश अन्य देशको तुलतनामा अन्य देशहरु अर्थतन्त्रमा बलियो भयो भन्ने उदहारण दिदै नेपालमा इमान्दारिताका साथ कर तिर्नेहरुको इमानदारिता नदेखिएको बताउनु भयो । यस्ता महत्वपूर्ण विषयहरु सञ्चारमाध्यमहरुले उठान गरेर समाजलाई सु–सुचित गर्न सक्छन् भन्नु भयो ।
त्यसैगरी प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम विडारीले जनआकाश मिडियाको कार्यक्रममा निरन्तर रुपमा आउने गरेकोमा खुसी व्यक्त गर्दै, पत्रकारिता क्षेत्रका कतिपय सञ्चार माध्यमहरु मर्नू र बाच्नुको दोसाझमा छन् तर जनआकाश पत्रिकाले पत्रिका, अनलाईन युटुव चलाउन सफल छ,त्यसको लागि मोहन कार्कीको संघर्षले यो सम्भव भएको हो, भन्दै शुभकामना दिनुभयो ।
त्यसैगरी विशेष अतिथिको रुपमा आउनु भएको नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला शाखाकी अध्यक्ष शोभा अर्यालले जनआकाश मिडिया टिमले गरेको प्रगतिको प्रशंसा गर्दै आउदा दिनमा अझै धेरै प्रगति गर्न व्यक्तिगत र नेपाल पत्रकार महासंघको तर्फवाट शुभकामना दिनुभयो ।
उहाँले भन्नु भयो “ १८ वर्ष आफैमा ठुलो समय हो ” । अध्यक्ष अ¥यालले अर्को एक प्रशंगमा “पत्रकारहरुलाई हेर्ने दृष्टिकोण सरकारको जहिले प्रतिपक्षको जस्तो भुमिका रहदो रहेछ,अहिले आउन लागेको मिडिया काउन्सिल विधयकको अस्पष्टता, अनलाइन मिडियाहरुलाई सिडियो कार्यालयमा दर्ता गराउनुपर्ने प्रावधान थपेर सञ्चारमाध्यमलाई निरुत्साहित पार्ने काम गरेकोप्रति नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको घोर आपत्र् िछ” भन्दै सरकारको समेत विरोध गर्नूभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दामोदर ढकाल (दिपक)ले राख्नु भएको थियो ।
भने उपस्थित सवैलाई मायाको चिनोले सम्मान गरिएको थियो ।
“मलाई सुन्दर नेपाल बनाउने रहर छ” बोलको स्वदेश गान jana akash tv युटुब च्यानलवाट हेर्न सकिने जन आकाश मिडियाले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »