सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सौन्दर्य व्यवसायको नयाँरुप, सरु बिष्टको ‘सरुज् प्रिति टच’ व्युटिपार्लर

काठमाडौं । पछिल्लो समय सौन्दर्य प्रति आम उपभोक्ताको चासो र माग बढ्दै गएपछि सौन्दर्य सम्बन्धि उत्पादन र यो सम्बन्धि व्यवसायहरु बढ्दै गएको अवस्थामा काठमाडौंको स्वयंभु तुल्सी धारामा ‘सरुज् प्रिति टच’ व्युटिपार्लर खुलेको छ ।
बिहिबार एक समारोहका बीच उक्त व्युटिपार्लरको उद्घाटन भएको हो । उक्त व्युटिपार्लर किम्बोेक्राबका ब्राण्ड एम्बेस्डर विशाल गरुङले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
‘सरुज् प्रिति टच’ व्युटिपार्लरकी संचालिका मोडल सरु बिष्टले आफुलाई आत्मनिर्भर बनाएर समाजमा स्थापित गराउने उदेश्यका साथ यो व्यवसाय शुरु गरेकी हुन् ।
उद्घाटन कार्यक्रममा कलाकार तथा गायक बीबी अनुरागी, त्यस्तै अतिथि केराटिन नेपाल किम्बो क्राबका कार्यकारी निर्देशक सुदर्शन के.सी खत्री उपस्थित रहेका थिए ।
उद्घाटन कार्यक्रममा गायक तथा सर्जक बीबी अनुरागीले ‘सरुज् प्रिति टच’ व्युटि पार्लरलाई शुभकामना दिदैं आगामी दिंदै आगामी दिनमा सरुज् प्रिति टचले महिला दिदी बहिनीहरुको सुन्दरता ल्याउनमा बिशेष भूमिका खेल्ने बताए । उनले भने,‘ यस्ता खालका गतिविधिले आर्थिक सामाजिक र मित्रताको भावनालाई थप पेरणादायी बनाउन भूमिका खेल्छ ।’
त्यस्तै, किम्बो क्राबका ब्राण्ड एम्बेस्डर विशाल गरुङले सरुज् प्रिति टचले आगामी दिनमा आफुँलाई नयाँ ढंगबाट स्थापित गर्ने बताए । उनले भने,‘ यो एउटा सुरुवात हो, आगामी दिनमा देशभरै नयाँ पहिचानसहित आफुँलाई स्थापित गरेर अघि बढ्छ भन्ने विश्वास छ ।
त्यस्तै अर्का अतिथि केराटिन नेपाल किम्बो क्राबका कार्यकारी निर्देशक सुदर्शन के.सी. खत्रीले पछिल्लो समयमा गुणस्तरीय प्रोडक्टहरुको किम्बोक्राबले बजारमा उपलब्ध गराउँदै आएको र आगामी दिनमा अझ गुणस्तरी उत्पादनमा जोड दिने बताए । उनले भने,‘ हामी सबैलाई गुणस्तरीयको चिन्ता हुन्छ, कतै नराम्रो हुनेकी भनेर,त्यसलाई हामीले जीवन्त पारेका छौं, त्यो नि हाम्रो असल ब्राण्ड हो ।’
समय काल र परिस्थिति अनुसार आज जुनसुकै समुदायका व्यक्ति भए पनि आफुँलाई सुन्दरताबाट टाढा राख्न नसक्ने र यो एउटा अनिवार्य बन्दै गएको हुँदा भोलिका दिनमा अझै धेरै ‘सरुज् प्रिति टच’को आवश्यकता देशभरै पर्ने छ।’ यस सरुज् प्रिति टचले सुरुवातिमा दिनमा व्युटि,हेयर,स्किन, र मेकअप समेतको सेवा यस पार्लरबाट पाउन सकिने जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »