सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा दाइजो उन्मूलनको प्रतिवद्धतासहित ओल्मा काउन्सिल नेपालको पहिलो जिल्ला अधिवेशन सम्पन्न


नेपालगञ्ज , मुस्लिम समुदायको राष्ट्रिय संस्था ओल्मा काउन्सिल नेपालले पहिलो पटक जिल्ला स्तरीय अधिवेशनसँगै दाइजो प्रथा उन्मूलन अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ। अधिवेशनले दाइजो अन्त्यलाई प्रमुख एजेन्डा बनाएर सामाजिक सुधारका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने निर्णय गरेको छ।


नेपालगञ्ज–७ मा रहेको पार्टी जोया प्यालेसमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश काउन्सिलका उपाध्यक्ष मुफ्ती केफूलबाराले विपन्न परिवारका पाँच युवतीको विवाह वर्षैभरि गराउने निर्णय पनि भएको जानकारी दिनुभयो।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जसपा महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले दाइजो संस्कृतिले सम्पूर्ण नेपाली समाजलाई कमजोर बनाएको उल्लेख गर्दै यसलाई दीर्घकालीन सामाजिक अभियानमार्फत अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।

विशिष्ट अतिथि तथा उपमेयर कमरुद्दिन राईले सेवानिवृत्त शिक्षकलाई संस्थामा सक्रिय सदस्यका रूपमा सहभागी गराउन सुझाव दिनुभयो र स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोगको आश्वासन दिनुभयो।पूर्वमन्त्री सुरेन्द्र हमालले ओल्मा काउन्सिल नेपाल २५ जिल्लामा प्रभावकारी गतिविधि गर्दै आएको बताउँदै यसलाई अझ सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो।
नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष मोहम्मद हारुन कादरीले दाइजो विरोधी अभियानलाई मुस्लिम समुदायको सामाजिक–सांस्कृतिक सुधारको ऐतिहासिक मोडको रूपमा व्याख्या गर्नुभयो।
ओल्मा काउन्सिलका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मजहरीले मदरसामा मौलाना तथा कारी–हाफिजहरूको नियुक्तिका लागि नेपाल सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउनुभयो।

भर्खरै

सम्बन्धित खबर

Language »