सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा एस र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) बीच पार्टी समायोजन


काठमाडौँ। पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल को नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) र बामदेव गौतम ले नेतृत्व गरेको नेपाल क्म्युनिस्ट पार्टी  (राष्ट्रिय एकता अभियान) बाट  बिद्रोह गरेको बिद्रोही राष्ट्रिय एकता अभियान  बीच पार्टी समायोजन भएको छ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो।
पार्टी प्रवेश गर्ने मा अभियान को तर्फबाट राजकुमार हुँमागाई , ईन्द्र सुब्बा ,हरि काफ्ले लगायत २० जना रहनु भएको थियो ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समायोजन हुने नव प्रवेशी  हरूलाई पार्टीमा स्वागत गर्नु भएको हो।

कार्यक्रमको अध्यक्षता पार्टीका वरिष्ठ नेता प्रमेश हमालले गर्नुभएको थियो भने उपाध्यक्ष डा.गंगालाल तुलाधरले सञ्चालन गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »