काठमाडौँ । रौतहटको गौर नगरपालिका वडा नम्बर ९ मुडवालवा मोडमा सुटकेशमा भेटिएको महिलाको शवको पहिचान भएको छ ।
शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा भेटिएको मृतक महिला ३५ वर्षीया रुबिकुमारी साह भएको खुलेको हो ।
प्रहरीका अनुसार रौतहट माधवनारायण–६ कि उनी भारत मुजफ्फरपुरमा विवाह गरेर गएकी थिइन् ।
बच्चा पढाउन उनी गौरमा डेरा लिएर बसेको र दुई दिनदेखि बेपत्ता भएपछि आमाले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन् । उनको हत्या भएको अनुमान छ ।
पति भारतमै बस्ने गरेको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।








