सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँलाई लखनउ रिफर

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।

एक्कासी मुटुमा समस्या भएपछि आइतबार राति भेरी अस्पतालको आइसियू भर्ना हुनुभएका अध्यक्ष खाँको स्वास्थ्यमा उल्लेख्य सुधार नभएको र समस्या झन बढ्नसक्ने सम्भावना देखेपछि थप उपचारका लागि लखनउ रिफर गरिएको भेरी अस्पतालले जनाएको छ ।

आइतबार राति १२ बजे मुटुको धड्कन एक्कासी बढेपछि अध्यक्ष खाँलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । तीन दिनदेखि आइसियूमा भर्ना गरेर उपचार गरिए पनि उहाँको स्वास्थ्य समस्यामा सुधार नदेखेपछि थप उपचारका लागि मङ्गलबार लखनउस्थित इन्दु अस्पतालमा लगिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले अध्यक्ष खाँको लखनउमा उपचार भइरहेको र स्वास्थ्यमा सुधार समेत भइरहेको जानकारी आफन्तले दिएको बताउनुभयो ।

आइतबार मुटुको धडकन बढेपछि खाँलाई अस्पताल ल्याएपछि उहाँको श्वास–प्रश्वासमा समस्या देखिएको भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा. विकास नेपालले बताउनुभयो । गत केही वर्षदेखि मुटुरोग, प्रेसर र सुगरबाट पीडित अध्यक्ष खाँले लखनउस्थित इन्दु अस्पतालमा उपचार गराउदै आउनुभएको गाउँपालिकाका पदाधिकारीको भनाइ छ ।

भर्खरै

सम्बन्धित खबर

Language »