सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संघ संस्था ऐन, २०८२ को मस्यौदाको विषयमा अन्तरक्रिया


नेपालगन्ज, नेपाल सरकारले तयार गरेको संघ संस्था ऐन, २०८२ को मस्यौदाको षियमा नेपालगन्जमा अन्तरक्रिया तथा छलफल गरिएको छ । गैरसरकारी सस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा मंगलबार सो अन्तरक्रिया भएको हो ।


नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी संघ संस्था ऐन, २०८२ को मस्यौदा तयार गरी सर्वसाधारणको राय सुझाव माग गरिएको छ । सो ऐनको प्रक्रिया र मस्यौदामा समावेश प्रावधानहरुप्रति महासंघले यस अघि नै गम्भीर ध्यानाकर्षण गरी सकेको छ ।


अन्तरक्रिया कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सचिब नमस्कार शाहले नागरिक संघ संस्थालाई प्रवद्र्धन र सहजीकरण गर्न ऐनको आवश्यकता भएता पनी ऐनको मस्यौदा नागरिक समाजका संस्थामैत्री नभएको बताए । नागरिक संघ संस्था तथा सरोकारवाला निकायसँग कुनै परामर्श नगरी तथा कुनै प्रक्रियामा समावेश नगराई ल्याइएको मस्यौदाप्रति नागरिक समाज र महासंघ सहमत हुन नसकिने शाहले बताए ।

विगतका सहमतिहरुलाई समेत बेवास्ता गरी, मस्यौदाका अधिकांश प्रावधानहरुले नागरिक संघ–संस्थाहरुलाई थप संकुचित पार्ने, संस्थाहरुलाई सहजीकरण तथा सबलीकरण गर्नुको सट्टा नियन्त्रण गर्ने र नागरिक सहभागिताको भूमिकालाई कटौती गर्ने उद्देश्यबाट अभिप्रेरित मस्यौदाले नागरिक स्वतन्त्रता, समावेशिता र पारदर्शिताको साझा मूल्यहरुमा समेत प्रहार गरेको छ शाहको भनाइ थियो ।


अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा राप्रपाका महामन्त्रि डा. धवल शँशेर राणाले सरकारले ल्योएको ऐनको मस्यौदा परिमार्जन गरी संघसंस्थामैत्री बनाउने विषयमा आफुले पहल गर्ने र सदनमा कुरा उठाउने प्रतिबद्धता ब्यक्र गरे । मस्यौदामा अनावश्यक प्रशासनिक झन्झट थप्दै विभिन्न सरकारी निकायहरुमा धाइराख्नुपर्ने प्रावधानहरु प्रस्ताव गरेको छ, जसले गर्दा मस्यौदा अग्रगामी भन्दा पनि बढी पश्चगामी र झन्झटिलो देखिन्छ ।
गैसस महासंघ नेपाल बाँके शाखाका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा अधिबक्त बसन्त गौतमले मस्यौदामा नागरिक समाजलाइ कार्यमूलक वातावरण सृजना गर्नका सबै नागरिक समाज आन्दोलित हुनुपर्ने बताए ।

गैसस महासघ नेपाल बाँकेका सचिब रमेश सिटौलाले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष तारा वलीले स्वागत तथा उपाध्यक्ष मन भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा गैसस महासंघ नेपालका पदाधिकारीहरु, सल्लाहकार, बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु गरी ३० जनाको सहभागीता थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »