सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्यानभास बसन्त ऋतु स्कुल रानिबारीका विद्यार्थी मोनिश्री चन्द र गुरु रमिला खत्री अन्तराष्ट्रिय सम्मानबाट सम्मानित

राजन थापा

काठमाडौं — काठमाडौंस्थित क्यानभास बसन्त ऋतु स्कुलले पछिल्ला वर्षहरूमा शैक्षिक, खेलकुद तथा सह–शैक्षिक गतिविधिमा उल्लेखनीय प्रगति हासिल गर्दै आफ्नो अलग पहिचान बनाउन सफल भएको छ। विद्यालयका विद्यार्थी र शिक्षक–गुरुहरूले अन्तर्राष्ट्रिय स्तरसम्म सम्मान पाउनु यसको ठुलो उपलब्धि बनेको छ।

अन्तर्राष्ट्रिय सम्मान हालै विद्यालयकी कक्षा ५ की विद्यार्थी मोनिश्री चन्द र Morning Shift मा कार्यरत तेक्वान्दो गुरु रमिला खत्री दुवैजना अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित भए। मोनिश्री चन्दलाई उत्कृष्ट तेक्वान्दो खेलाडी र उत्कृष्ट नृत्याङ्गना विधा 2025 बाट काठमाडौंमा आयोजित साउथ एशियन बिजनेस पार्टनरसीप समिटका अवसरमा सम्मानित गरिएको हो।

सो सम्मान समारोह आभा फाउन्डेसन नेपालले आयोजना गरेको थियो। ८ वर्षकै उमेरमा भारतमा सम्पन्न सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रथम भई स्वर्णपदक जितेकी मोनिश्रीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दर्जनौँ पदक जितेर विद्यालय, रुकुम जिल्ला र सम्पूर्ण देशलाई गौरवान्वित बनाउँदै आएकी छिन्।

यसैगरी, विद्यालयकी तेक्वान्दो गुरु रमिला खत्री पनि अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै विद्यालयको प्रतिष्ठा थप उच्च बनाएकी छिन्। विद्यालय परिवारले दुवैजना प्रतिभाशाली व्यक्तित्वलाई हार्दिक बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट योगदानको अपेक्षा गरेको छ। जिल्ला स्तरीय तेक्वान्दोमा सात पदक विद्यालयले यतिबेला जिल्ला स्तरको खेलमा पनि उच्च सफलता पाएको छ।

प्रथम यन्सुव काठमाडौं जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता २०८२ साउन ३१ गते सम्पन्न हुँदा विद्यालयका विद्यार्थीहरूले गेरोगी र पुम्से तर्फ गरी ७ पदक जित्न सफल भए।

गेरोगी तर्फ विजेता विद्यार्थीहरू : सरोजनी साहु — प्रथम अरोमा कायस्था —तृतीय प्रवेश लिम्बू — तृतीय

पुम्से तर्फ विजेता विद्यार्थीहरू : सुलभ खड्गी — प्रथम रिया श्रेष्ठ — प्रथम दिस्मा राई — प्रथम सरोजनी साहु — प्रथम

विद्यालय प्रशासनले विजयी विद्यार्थीहरूलाई बधाई दिंदै भविष्यमा अझ उत्कृष्ट सफलता हासिल गर्ने अपेक्षा व्यक्त गरेको छ। विद्यालयको उद्देश्य र विशेषता क्यानभास बसन्त ऋतु स्कुलले सुरुदेखि नै गुणस्तरीय शिक्षा, खेलकुद, कला–संस्कृति र व्यक्तित्व विकासमा जोड दिएको छ।

विद्यालयले विद्यार्थीहरूलाई शिक्षा मात्र होइन, सिर्जनशीलता, खेलकुद, नेतृत्व र सामाजिक उत्तरदायित्वमा पनि सक्षम बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

विद्यालयका विशेषताहरू : समग्र शिक्षण पद्धति : पुस्तक मात्र होइन, प्रायोगिक शिक्षामा पनि जोड।

खेलकुद प्रोत्साहन : तेक्वान्दो, फुटबल, क्रिकेट, एथलेटिक्स लगायत विभिन्न खेलकुद गतिविधि।

सह–शैक्षिक कार्यक्रम : नृत्य, संगीत, कला, साहित्यिक प्रतियोगिता, वादविवाद आदि

सामाजिक उत्तरदायित्व : स्थानीय समुदायसँग सहकार्य गर्दै स्वास्थ्य शिविर, सामाजिक सचेतना कार्यक्रम।

विद्यार्थी–केन्द्रित शिक्षा : व्यक्तिगत प्रतिभा अनुसार प्रोत्साहन र मार्गदर्शन।

शैक्षिक उपलब्धिसँगै खेलकुद र संस्कृतिमा पनि निरन्तर उचाइमा पुगेको क्यानभास बसन्त ऋतु स्कुल आज अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको छ।

विद्यालयले निकट भविष्यमा अझै धेरै अन्तर्राष्ट्रिय स्तरका सफलता र सम्मान देशमा ल्याउने विश्वास व्यक्त गरिएको छ।

क्यानभास बसन्त ऋतु स्कुल : शैक्षिक उत्कृष्टता, खेलकुद र संस्कृतिमा अगाडि

भर्खरै

सम्बन्धित खबर

Language »