काठमाडौं। ललितपुरको खुमलटारमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को केही महत्वपूर्ण कामबाहेक अधिकांश प्रशासनिक कामहरु भद्रकालीस्थित नयाँ भवनमा भइरहेका छन् ।
नार्कको पुरानो संरचनामा विविध समस्याका देखिएका कारण नयाँ संरचना निर्माण गरिएको हो । विगतमा भएका अध्ययनहरूले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए ।
सोही सुझावको आधारमा सरकारले नार्कको पुनर्संरचना गर्दै भद्रकालीको वाणिज्य बैंकको आडमै अत्याधुनिक नयाँ भवन निर्माण गरेको हो ।








