काठमाडौं । गोठाटार तेक्वान्दो डोजाङ्गको जुनियर खेलाडीहरुको बेल्ट वितरण कार्यक्रम सम्पन्न भएको छ ।
तेक्वान्दो प्रशिक्षक तथा डोजाङ्ग सन्चालक प्रेम भण्डारीको अध्यक्षता तथा युवा व्यवसायी एवं समाजसेवी ज्ञानेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बेल्ट वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डोजाङ्गका सिनियर खेलाडीहरु,खेलाडीका अभिभावकहरु तथा बिभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
डोजाङ्गमा प्रशिक्षण लिई रहेका जुनियर खेलाडीरुलाई दक्षताको आधारमा ग्रेडिङ मार्फत बेल्ट वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवा व्यवसायी ज्ञानेन्द्र गौतमले नेपाल सरकार तथा सम्बन्धित निकायले खेलाडीहरुलाई सम्मानजनक व्यवहार गर्न नसकेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको थियो भने आफुले सके सम्म खेल र खेलाडीको हितकोलागि सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।
कार्यक्रममा ग्रेडिङ मार्फत माथिल्लो तहमा पुग्न सफल खेलाडीहरुलाई बेल्ट वितरण गर्नुको साथै कार्यक्रमका अतिथि तथा प्रमुख अतिथि लाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
तेक्वान्दो प्रशिक्षक तथा डोजाङ्ग अध्यक्ष एवं संस्थापक प्रेम भण्डारी सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको अध्यक्ष एवं जन्मदाता हुनुहुन्छ । उहाँ एसियन तेक्वान्दो युनियनको युवा समिति सदस्य समेत हुनुहुन्छ भने हाल ७ औं डानको लागि तयारी गरिरहनु भएको छ ।
भण्डारी बिगत ३६ बर्ष देखि तेक्वान्दो खेलमा सकृय हुनुहुन्छ भने ३० बर्ष देखि स्वयंसेवी प्रशिक्षककोरुपमा समेत चिनिदै आउनु भएको छ । उहाँ राष्ट्रिय खेलाडी मात्र नभएर विश्वव्यापी रुपमा हालसम्म १८ वटा देशमा खेल खेल्दै धेरै पदकहरु जित्न सफल हुनु भएको छ । नेपालमा उहाँलाई लोकप्रिय गुरु भनेर समेत चिनिने गरेको छ ।









