काठमाडौं । चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन गरेका छन् ।
थियानजिन सहरमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार यहाँ आइपुगेका प्रधानमन्त्री ओलीले आज सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।








