सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बानेश्वरमा ॐ कारेश्वर महादेव मन्दिरमा धार्मिक कार्यक्रम सुरु

काठमाडौं / बानेश्वर–३१ मा रहेको ॐ कारेश्वर महादेव मन्दिरमा आजबाट विशेष धार्मिक कार्यक्रम सुरु भएको छ। मन्दिरको संरक्षण र धर्म संस्कृतिको प्रवर्द्धनका लागि यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम भाद्र २२ गते सम्म सञ्चालन हुनेछ। कार्यक्रममा कलश ,यात्रा पाठपरायण,यज्ञ,पूजा,आरती,दीप प्रज्वलन र महाप्रसाद वितरण जस्ता धार्मिक क्रियाकलापहरू गरिनेछ।

कार्यक्रमको पहिलो दिन बिहान ९ बजे कलश यात्रा, दिउँसो १ बजे समुद्घाटन, र साँझ ४ बजे पूर्वाङ्ग पूजा गरिएको छ।

हरेक दिन बिहान ७ बजे पाठपरायण, बिहान ७:३० देखि साँझ ५:३० सम्म गायत्री यज्ञ, र साँझ ४:२५ देखि ५ बजेसम्म आरती हुने छ। कार्यक्रममा सहभागी हुने भक्तजनका लागि निःशुल्क आवास र भोजनको व्यवस्था गरिएको छ।

संस्थाले गरिब र जेहेन्दार विद्यार्थीलाई सहयोग, ज्येष्ठ नागरिकलाई सम्मान, र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।कार्यक्रमको अन्तिम दिन भाद्र २२ गते गुरु विदाई, महाप्रसाद, पितृको फोटो र कलश वितरण गरिने छ।

कलश लिन र यज्ञ कर्ता बन्ने इच्छुक भक्तजनले संस्थासँग सम्पर्क गर्न भनिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »