सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाल ज्योति विद्यालयमा अध्यानरत १६० विद्यार्थीहरूलाई शैक्षिक सामग्री र जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण

गाेरखा । समाजसेवी प्रकाश लामिछाने द्वारा गाेरखा जिल्लाकाे भिमसेनथापा गाउँपालिका वडा नं ३ टारिफाँटमा रहेकाे श्री नवज्योति माध्यामिक विद्यालय र भीमसेन–४, चौतारा स्थित रहेकाे बाल ज्योति विद्यालयमा अध्यानरत १६० विद्यार्थीहरूलाई शैक्षिक सामग्री र जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरीएको छ ।

हिमालय हब एडभेन्चर प्रा. लिमिटेडका प्रबन्ध निर्देशक प्रकाश लामिछानेले कक्षा १ देखि १० सम्म अध्ययनरत १६० जना विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्रीहरू झाेला, कपि, पेन, ज्यामिती वक्स, विद्यालय पोशाक भाद्र १४ गते एक ओैपचारिक कार्यक्रम गरि वितरण गरेकाे हाे ।

वितरण कार्यक्रममा प्रमुख अतिथि भिमसेनथापा गाउँपालिक वडा न ३ का अध्यक्ष ऋषि राम लामिछाने, अतिथिहरू वडा सदस्यहरू र श्री नवज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्षा तथा साेही विद्यालयका प्राधानाध्यपक सभापतिकाे रूपमा रहनु भएको थियोे ।

साथै विद्यालयमा अध्यापनरत शिक्षक, शिक्षिकाहरू, स्थानीय, अभिभावका र विद्यार्थीहरूकाे महत्त्वपूर्ण उपस्थितिमा वितरण कार्य सम्पन्न भएको थियोे । वितरण कार्यक्रममा वडा अध्यक्ष लामिछानेले शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो भएको जानकारी दिए। सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए । कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको विद्यालयका प्रअले बताए। शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने उहाँ ले जनाकारी दिए ।

शैक्षिक सामग्री हस्तान्तरण संस्था हिमालय हब एडभेन्चर प्रा. लिमिटेडका प्रबन्ध निर्देशक प्रकाश लामिछानेले संस्थाले गरेकाे याेगदानकाे बारेमा जानकारी गराउनु भएको थियोे। उहाँले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए ।

संस्थाका सिइओ पुरुषोत्तम रिमाल (पुरू) ले विद्यार्थीहरूकाे व्यक्तित्व नेतृत्व विकास साथै रचनात्मक गतिविधि सञ्चालन गर्न आउदाे दिनमा पनि निरन्तर सहयाेग गर्ने वताउनु भएको थियोे । उक्त कार्यक्रम मा अन्य पर्यटन ब्यवसायी हररूकाे सहभागिता थियाे ।

भर्खरै

सम्बन्धित खबर

Language »