सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

काठमाडौं। केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसुचक आज सोमबार भने १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको छ ।

यसअघि आइतबार नेप्से परिसुचक ३१.१७ अंकले घट्दै २७४९.८३ बिन्दुमा बन्द भएको थियो । नेप्से बढी पनि आज शेयर कारोबारमा भने अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ ।

यसअघि आइतबार ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर कारोबार भएको बजारमा आज सोमबार भने कुल ३२६ स्टकको ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले बढेको छ । फ्लोट इन्डेक्स १.१८ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.४८ अंक बढेको छ ।
यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले बढेर प्रतिकित्ता २६७.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । स्ट्यान्र्डड चाटर्ड बैंकको शेयर मूल्य ४.०८ प्रतिशतले बढेर प्रतिकित्ता ६५९.९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सिद्धार्थ बैंक लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.२८ प्रतिशतले बढेर ३८८.७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य ७.६८ प्रतिशतले घटेर २२१२.०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । विकास हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ४.८८ प्रतिशतले घटेर ५१५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी पियोर इनर्जी लिमिटेडको शेयर मूल्य ४.७१ प्रतिशतले घटेर प्रतिकित्ता ८६५.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन नेपाल रिइन्स्यारेन्स, एभरेष्ट बैंक लिमिटेड, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्टक्चर र कुमारी बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »