सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मरियम फाउण्डेशनले गरे चिडिमार बालबालिकालाई कपडा सहयोग


नेपालगन्ज, मरियम फाउण्डेशनले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थित श्री बागेश्वरी आधारभूत विद्यालय र गणेशपुर चोक स्थित हाजी भोला चोकमा विद्यार्थी बालिकाहरुलाई कपडा वितरण गरेको छ । दुई ठाउँमा गरी ८० बढी छात्रा बालिकाहरुलाई कपडा वितरण गरेको फाउण्डेशनका सल्लाहकार दिनेश ठाकुरले जानकारी दिनुभयो ।

\
फाउण्डेशनले नेपालगन्ज वडा नं. ४ स्थित लालीगुराँस फेन्सी वेयरको संयोजनमा छात्रा विद्यार्थीहरुलाई पोशाक वितरण गरेको संस्थाका सल्लाहकार समेत रहेका पत्रकार ठाकुरले बताउनुभयो ।

मोहम्मद डेको अवसर पारी अल्पसंख्यक समुदायका स–साना छात्राहरुलाई संस्थाले सहयोग गरेको मरियम फाउण्डेशन काठमाडौंका अध्यक्ष समीर अन्सारीले बताउनुभयो ।
श्री बागेश्वरी आधारभूत विद्यालयमा मरियम फाउण्डेशनकी अध्यक्ष रुबिनी अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सराफत हुसेन खान रहनुभएको थियो ।

चिडिमार समाजका अध्यक्ष रामु चिडिमारले सञ्चालन गरेको कार्यक्रममा लालीगुराँस फेन्सी वेयरका अन्वर आलम, गोकुल चिडिमार, छात्रा, छात्राका अभिभावक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले छात्राहरुको शिक्षाको महत्व, नियमित विद्यालयमा उपस्थिति हुनुपर्ने आवश्यकता लगायतको बारेमा धारणा राखेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »