सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी पिपलबोटबाट अवैध लागूऔषध पोल्याण्ड ९ सय  ग्राम र गाँजा ४ सय ग्राम सहित सोही ठाउँ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका ३२ वर्षीय डिल्लीराम सुनुवारलाई आतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मुलपानीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको  हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो ८ सय ९० ग्राम सहित कैलाश गाउँपालिका-१ डाँडाखर्क बस्ने ४८ वर्षीय जंग थिङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »