सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिभिल अस्पतालमा मात्रै १५० जना बढी छन् उपचाररत

काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा मात्रै १५० जना भन्दा बढी उपचाररत छन्।

बानेश्वरमा भएको जेनजी प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गर्दा सयौंको संख्यामा घाइते भएका छन्। बानेश्वरमा नजिकै भएको कारणले सिभिल अस्पतालमा सबै भन्दा बढी घाइतेहरू लगिएका थिए।

सिभिल अस्पतालको इमर्जेन्सी प्रमुख रमेश पन्तले अहिलेसम्म १५० भन्दा बढी घाइते उपचाररत छन्।

कयौं घाइतेलाई अन्य अस्पतालमा रिफर गरिएको छ।

त्यस्तै तीन जनाको मृत्यु समेत भएको प्रमुख पन्तले बताए। 

भर्खरै

सम्बन्धित खबर

Language »