सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जलिरहेको धरानको भाटभटेनीमा भेटियो चार जनाको शव

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ ।

मंगलबार अराजक समूहले लगाएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छैन ।

उनका अनुसार भेटिएको शव आगलागी भएको भाटभटेनीमा लुटपाट गर्न गएकाहरुको रहेको आशंका छ।

शव पूर्णरूपमा जलेका कारण लिंग छुट्टिएको छैन ।

मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र केही व्यक्ती फसेको हल्ला चलेको थियो।

मृतकको पहिचान गर्ने प्रयास भइरहेको जबेगुले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »